Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


काठमाडौं–५ मा ईश्वर पोखरेललाई एमालेले पुनः उम्मेदवार बनायो


2.5k
Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ निर्वाचन क्षेत्रबाट ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार पोखरेललाई टिकट दिइसकिएको छ र अब उनले सो क्षेत्रबाट चुनाव लड्ने भएका छन्।

‘अब उहाँले नै लड्नु हुने भएको छ, टिकट पाउनुभयो,’ निरौलाले बताएका छन्। यसअघि शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय नगरेको बताइए पनि, पार्टीले पछिल्लो समयमा टिकट सुनिश्चित गरेको हो।

उता काठमाडौं–९ बाट अजय क्रान्तिले टिकट पाएका छन् भने काठमाडौं–४ को उम्मेदवार अझै टुंगिएको छैन।