Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


ललितपुर- २ मा चुनाव लड्ने जगदीश खरेलको घोषणा


3.4k
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । 

सोमवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको राजनीनामा दिएको जानकारी गराउनुभयो ।

उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा पनि गर्नुभयो । उहाँले आफूले सरकारमा रहँदा मुलुकको विकास र सुशासनको आधारशिला तयार पारेको दाबी पनि गर्नुभयो ।

उहाँले आफूहरुले तयार पारेको आधारशीलामा रहेर निर्वाचित सरकार अघि बढ्न सकेमात्र मुलुकमा विकास र सुशासन कायम गर्न सकिने उहाँको जिकिर छ । उहाँले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको औंल्याउँदै यसको अन्त्य अपरिहार्य रहेको पनि बताउनुभयो । उहाँले सरकारले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नसके मात्र मुलुक नागरिकको हित हुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले जति आधारशीला बनाएर गएका छौँ, यो आधारशीलामा आउने सरकारले काम गर्यो भने मुलुकको विकास सम्भव छ । थिति र विधि हामीले बनायौं तर हामी त्यसअनुरुप नचलेकै कारण देश बनेन । यो चार महिनाको अवधीमा देश यसरी बन्छ भन्ने अवस्थामा त छैन । जति पनि हामीले यो बीचमा काम गर्यौं । सबैभन्दा ठुलो रोग भनेको भ्रष्टाचार रहेछ । यसलाई अन्त्य गर्नुपर्ने छ । यो कुर्सीमा बस्ने हरेक मान्छेले जनताको लागि मात्र सोचोस् ।’
खरेल गत असोज ५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गर्नुभएको हो ।