Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


खेलकुद मन्त्री गुप्ताले दिए पदबाट राजीनामा


520
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिनुभएकाे छ।

गत कात्तिक ९ गते मन्त्री भएका गुप्ताले साेमबार राजीनामा दिनुभएकाे हाे। पछिल्लो समय उहाँ अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उहाँसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट हुनुभएकाे थियाे।

राजीनामा बुझाइसकेकाे बताउदै उहाँले साेमबार बिदा भएकाले दर्ता नभएकाे बताउनुभयाे । मंगलबारसम्ममा राजीनामा स्वीकृत हुने मन्त्री गुप्ताले बताउनुभएकाे छ।