Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


बाबुराम भट्टराईले गोरखा- २ बाट चुनाव लड्ने


0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदावरी दिने घोषणा गरेका छन् । डा. भट्टराईले पार्टीका साथी, मतदाता, शुभचिन्तकको जोडबलले आफूले उमेदवारी दिने भएको उल्लेख गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उमेदवारी दिन लागेका हुन् ।

“गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा-२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,” भट्टराईले फेसबुकमा लेखेका छन् ।