काठमाडौं ।
नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रहरुका उम्मेदवारहरु टुंग्याएको छ ।
पार्टीले उम्मेदवार टुंगो लगाए पनि पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ । टिकट वितरणमा अध्यक्ष केपी ओलीकै दबदबा रहेको भन्दै केही नेताहरु असन्तुष्ट देखिएका छन् । गत महाधिवेशनमा अध्यक्षमा प्रतिष्पर्धा गरेका ईश्वर पोखरेल पक्षलाई टिकट वितरणमा पुरै बेवास्ता गरिएको छ ।
जसका कारण एमालेभित्र टिकट वितरणबाटै चर्को असन्तुष्टि चुलिएको छ । एमालेले गर्ने कुनै पनि निर्णयमा अध्यक्ष केपी ओलीको एकलौटी दबदबा झल्किने गरेको छ । पार्टी सञ्चालनमा पनि एकलौटी गर्दै आएका ओलीले चुनावको टिकट वितरणमा त्यही प्रवृत्ति दोहोर्याएका छन् ।
पार्टी भित्रका विरोधीहरुलाई समेत सहन नसक्ने ओलीको हुकुमी शैली फेरि एक पटक छर्लङ्ग भएको छ । टिकट वितरणमा एकलौटी गर्दै गर्दा ओलीले विपक्षी खेमाका केही प्रभावशाली नेताहरुलाई समेत बेवास्ता गरेका छन् । ओलीको यस्तो शैलीले एमालेभित्र चर्को असन्तुष्टि बढाएको छ ।





प्रतिक्रिया दिनुहोस्