Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


काठमाडौंका नदी किनारको जग्गा सम्बन्धि फैसला उल्टियो


0
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले काठमाडौंका नदी किनारामा थप २० मिटर छाड्नुपर्ने यसअघिको आफ्नो फैसला उल्ट्याएको छ ।

न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले फैसला उल्ट्याउने फैसला गरेको हो ।
सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती र यसका सहायक नदीहरूमा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै थप २० मिटर मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट दायर दुई वटा रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले फैसला उल्ट्याउने निर्णय गरेको हो । यसअघिको फैसला कानून र न्यायको रोहमा मिलेको नदेखिँदा फैसला उल्ट्याउनु पर्ने देखिएको ठहर सर्वोच्चले गरेको हो ।