काठमाडाैं । अक्सफाम इन एसियाले कोलम्बोमा तीन दिने नदी अधिकार मञ्च (RRRF) २०२६ सुरु गरेको छ।
मञ्चले दक्षिण एसिया र बाहिरका पानी विशेषज्ञ, नीति निर्माताहरू, नागरिक समाज, अनुसन्धानकर्ता र समुदायका नेताहरूलाई साझा नदी प्रणाली र जलवायु लचिलोपनमा सहकार्य सुदृढ पार्नका लागि कार्यक्रकाे आयाेजना गरेको हाे ।

RRRF २०२६ दक्षिण एसियाको ट्रान्सबाउन्ड्री रिभर्स (TROSA) अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । मञ्चको उद्घाटनमा अक्सफाम इन एसियाका क्षेत्रीय निर्देशक जोन स्यामुएलले नदी, राजनीति, जलवायु परिवर्तन र दिगोपनबीचको सम्बन्धलाई जोड दिँदै सरकार र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए। उनले भने, “आज जलवायु र राजनीतिको सन्दर्भमा लचिलोपन निर्माण गर्नु महत्त्वपूर्ण छ, र जब नागरिक स्थान साँघुरिँदैछ, हामी सबैले एकतामा काम गर्नुपर्छ।”
श्रीलंकाको अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थान (IWMI) का डा. म्याथ्यू म्याकार्टनीले WEFE दृष्टिकोणमार्फत एकीकृत पानी व्यवस्थापन र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) लाई समावेश गर्ने महत्व औंल्याए। उनले महिलाहरूको नेतृत्व र निर्णय प्रक्रियामा प्रतिनिधित्व बढाउनुपर्ने जोड दिए।

जल तथा विकास विशेषज्ञ दीपक ज्ञवालीले जलवायु परिवर्तन र कु-विकासका प्रभावलाई सात रङहरूमा वर्णन गर्दै थप समावेशी जल प्रशासनका लागि सार्वजनिक-निजी-नागरिक साझेदारीको आवश्यकता औंल्याए। मञ्चमा GBM नदी बेसिनहरूमा लचिलो समुदाय निर्माणका लागि नीति मार्गहरू र व्यावहारिक रणनीतिहरूमा छलफल भएको छ। RRRF २०२६ आगामी दुई दिनसम्म विषयगत सत्र, नीतिगत संवाद र समुदाय-नेतृत्वमा सिकाइ आदानप्रदानका साथ जारी रहनेछ।





प्रतिक्रिया दिनुहोस्