काठमाडाैं । नेपाली काँग्रेसका नेता डा। सुनिल शर्माले वरिष्ठ नेता शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गर्नुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित काँग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी हुनुभएका उहाँले सञ्चारकर्मीमाझ सो दाबी गर्नुभएको हो ।
नेता शर्माले काँग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेको कोईराला परिवारका कुनैपनि सदस्य पार्टीलाई एकतावद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले वरिष्ठ नेता कोईरालाले निर्वाचन आयोगले आधिकारिता दिएको काँग्रेस र देउवा पक्षलाई एकतावद्ध बनाउन सफल हुने समेत बताउनु भयो ।
नेता शर्माले भन्नुभयो,‘शेखर दाईहरु गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो । के बुझ्नु होला भने–शेखर कोईरालाहरुलाई अथवा कोईराला फ्यामीलीलाई यो पार्टी फुटेको मन परेको होला रु होइन । उहाँहरुको त पार्टी बनाउन कति वर्ष जेल बसेको छ । सर्वस्वहरण भएको छ ।
आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भएपनि शेखर कोईरालाले पार्टी बचाई दिनुहुन्छ । यसरी बुझ्नुपर्छ । पार्टी बचाउनु पर्छ । पार्टी बचाउन लागि रहनुभएको छ ।’नेता शर्माले काँग्रेस सभापति थापा पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने लागि परेको बताउनु भयो । उहाँले निर्वाचनमा विजयी हुनलाई पनि काँग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्