Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


राष्ट्रपति ट्रम्प विरुद्ध ग्रीनल्याण्डमा व्यापक प्रदर्शन


182
Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरोद्ध ग्रीनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् ।

बारम्बरको राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्ड कब्जा गर्ने धम्कीपछि हिमपातको कठ्याङ्ग्रिदो चिसोकाबीचमा राजधानी नुकमा स्थानियले व्यापक सडका प्रदर्शन गरेका छिन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्प विरुद्ध प्लेकार्ड बोकी, राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्दै नारावाजी गरि प्रदर्शन गरिरहेको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् । उनीहरुले राजधानी नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गरेको केही बेरमा नै फ्लोरिडाबाट राष्ट्रपति ट्रम्पले फेब्रुअरीदेखि आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेको खबर सार्वजनिक भएको थियो ।

यस घोषणाले प्रदर्शनकारीहरूमा थप आक्रोश पैदा गरि उनीहरु थप उत्तेजित भएको बताइएको छ । स्थानियहरुले यो निर्णर्य सबैभन्दा खराब भएको र यो भन्दा खराव हुनै नसक्ने भन्दै आक्रोस पोखेको दृश्य सामाजिक संजालमा देखिएको छ ।

साथै राष्ट्रपति ट्रम्पको कदमले अरू राष्ट्र र जनताप्रति कुनै संवेदनशीलता नदेखाएको स्पष्ट भएको ग्रीनल्याण्डबासीले भनिरहेका छन् । राष्ट्रपति ट्रम्पले महत्त्वपूर्ण र खनिज स्रोतले धनी ग्रीनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने धारणा पटकपटक सार्वजनिक गर्दै आएका छन् । ग्रिनल्यान्ड डेनमार्कको अधीनमा रहेको स्वशासित क्षेत्र हो ।