काठमाडौँ ।
काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी आन्दाेलनका अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन् । पद, शक्ति वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट यो निर्णय लिइएको उनीहरूको भनाइ छ।
प्रवेश घोषणासँगै जारी सन्देशमा उनीहरूले नागरिकले माग गर्दै आएको जवाफदेहिता, स्पष्ट दिशा र ठोस नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उल्लेख गरेका छन्।





प्रतिक्रिया दिनुहोस्