Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


जासुसी आरोपमा टेलिभिजन पत्रकार पक्राउ


1k
Shares

एजेन्सी ।
ताइवानमाथि चिनियाँ प्रभाव र घुसपैठविरुद्ध कडा कारबाही भइरहेका बेला एक टेलिभिजन पत्रकारलाई पक्राउ गरिएको छ।

सैन्य अधिकारीहरूलाई घुस दिएर संवेदनशील सूचना मुख्यभूमि चीनतर्फ पठाएको आरोपमा पत्रकार लिन थुनामा परेका हुन्।

अदालतले लिनसहित पाँच जना वर्तमान तथा अवकाशप्राप्त सैनिक अधिकारीलाई थुनामा राख्ने आदेश दिएको छ।
अभियोजकहरूका अनुसार लिनले केही हजारदेखि दशौँ हजार ताइवानी डलरसम्म रकम दिएर सैन्य सूचना संकलन गराएका थिए। ताइवानको राष्ट्रिय सुरक्षा र भ्रष्टाचारसम्बन्धी ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।