Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


यस्ताे छ देउवा पक्षले सर्वोच्चमा दायर गरेको रिट (पूर्णपाठसहित)


2.3k
Shares

काठमाडौँ । नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
आइतबार पूर्णबहादुर खड्कासहितका नेताहरुले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा पुगेर रिट दायर गर्नुभएको हो ।

संविधान, कानून र नेपाली काँग्रेसका विधान विपरित निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई दिएको आधिकारिताको विरुद्ध आफूहरुले न्यायका लागि सर्वोच्च अदालतमा रिट दायर गर्नुपरेको देउवा पक्षका नेता खड्काले जानकारी दिनुभयो ।

उहाँले संविधान, कानून र विगतका नजिरको खिलापमा गरिएको सो निर्वाचन आयोगको निर्णयलाई बदर गर्दै सर्वौच्च अदालतले आफूहरुलाई न्याय दिने दाबी समेत गर्नुभयो । उहाँले निर्वाचन आयोगको सो निर्णय सर्वसम्मत समेत नभएकाले पनि आफूहरुले न्याय पाउने जिकिर गर्नुभयो ।