Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने


897
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीस्वरूप राष्ट्रिय सभा सदस्य पदबाट आइतबार राजीनामा दिने बताएका छन् ।

शनिबार बर्दियामा मतदातासँगको भेटघाटमा उनले यसबारे जानकारी दिँदै राजीनामा दिन काठमाडौं फर्किने बताए । गौतम २०७७ असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।

उनी लामो समयपछि पुनः बर्दिया–१ बाट चुनावी प्रतिस्पर्धामा होमिन लागेका हुन् ।