काठमाडौं ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने कुरा गरिरहेका बेला अमेरिकी संसद्को एउटा टोली डेनमार्कको भ्रमणमा पुगेको छ ।
आर्कटिकमा रहेको डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्न ट्रम्पले दबाब बढाइरहेका बेला अमेरिकाका सांसदहरूले डेनमार्क भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख भए अनुसार अमेरिकी सांसदको ११ सदस्यीय प्रतिनिधिमण्डलले डेनमार्कका सांसदका साथै त्यहाँका प्रधानमन्त्री मेट फ्रेडरिकसेन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनसँग भेट गर्नेछ ।
ट्रम्पलाई आफ्नो योजनाबाट पछि हटाउने प्रयास असफल भएका बेला अमेरिकी सांसद्हरू उक्त भ्रमणमा निस्किएका हुन् । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड गाभ्नैपर्ने दाबी गरिरहेका छन्।
यदि अमेरिकाले ग्रिनल्यान्ड कब्जा गरेन भने यो काम रुस र चीनले गर्ने तर्क उनले गरिरहेका छन्। तर डेनमार्क र ग्रिनल्यान्ड दुवैले ट्रम्पको योजनाको विरोध गरिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्