Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


सानेपामा देउवा पक्षको केन्द्रीय समिति बैठक बस्दै


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्को निर्देशनमा बैठक आह्वान गरिएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

दोस्रो विशेष महाधिवेशनपछि पार्टीको वैधानिक नेतृत्व गगन थापाको हातमा पुगेसँगै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्ष अब दलविहीन समूहमा सीमित भएको छ ।