Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


देशमा आगो लगाउनेलाई निर्वाचनमा पराजित गर्नुपर्छः अध्यक्ष ओली


130
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीले काठमाडौंमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरुलाई चिन्तित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्नेमा जाेड दिनुभएकाे हाे । देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत बताउनुभयो । देशभक्त र लोकतान्त्रिक शक्तिहरु आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने उहाँको भनाइ छ । उहाँले संविधान, राजनीति, राजनीतिक दलका नेताहरु नचाहिने तत्वले देशमा आतंक फैल्याउने काम गरिरहेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्ताहरु र देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरु भएको समेत बताउनुभएकाे छ ।