Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


कांग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय: अध्यक्ष ओली


234
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । अध्यक्ष ओलीले विशेष महाधिवेशन बनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्‍याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई नै अराजकतातर्फ डोहोर्‍याउने प्रपञ्च रचिएको जिकिर समेत गर्नुभयो । उहाँले कांग्रेस विभाजन मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको भन्दै यस्तो अवस्था आएकोमा आफू चकित भएको समेत बताउनुभएकाे छ ।

अध्यक्ष ओलीले शान्ति, सुशासन र मुलुकको डेमोक्रेसीका लागि सानातिना असन्तुष्टिलाई थाँति राखेर एकतावद्ध भएर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई समेत सचेत गराउनुभयो । उहाँले शान्ति, संविधान र लोकतन्त्रको लागि आफूहरुले एकतावद्ध भएर लडनुपर्ने अवस्था आएको बताउनुभएकाे छ ।