Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


कांग्रेसको गगन समूह सडकमा आयोगको निर्णय कुर्दै

आफूनै आधिकारिक कांग्रेस भएको दुवै समूहकाे दावी

1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूह निर्वाचन आयोगको निर्णय कुर्दै सडकमा बसेको छ ।

आयोगले शुक्रबार शेरबहादुर देउवा समूह र थापा समूहसँग छलफल गरेको हाे । याेसँगै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारी प्रदीप पौडेल, फरमुल्ला मनसुर, उदय शम्सेर, डिला संग्रौला र पुष्पा भुसाल लगायतका पदाधिकारी सडकमै बसेर निर्णय कुरिरहेका छन् ।

बाहिर सडकमा भने तरूण दलले विशेष महाधिवेशनको विरोधमा नाराबाजी गरिरहेको हाे। दुवै समूहले आफूनै आधिकारिक कांग्रेस भएको दावी गर्दै आएका छन् ।