Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


जगदीश घिमिरे स्मृति पुरस्कार २ जना साहित्यकार प्रदान गरिने


481
Shares

रामेछाप । नेपाली साहित्यका शिखर पुरुष स्वर्गीय जगदीश घिमिरेको स्मृतिमा स्थापित ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ यस वर्ष दुई जना साहित्यकारलाई प्रदान गरिने भएको छ।

जगदीश घिमिरे प्रतिष्ठानले प्रदान गर्ने पुरस्का २०८१ र २०८२ को पुरस्कार क्रमशः साहित्यकार मीना चौलागाईं र पवन आलोकलाई प्रदान गर्ने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । रामेछापको मन्थलीलाई कार्यथलो बनाएर साहित्य र समाजसेवामा विशिष्ट योगदान पु¥याउनु भएका घिमिरेले वि.सं. २०६३ सालदेखि जिल्लामा साहित्यिक जागरणको जग बसाल्नुभएको थियो। सोही अभियानलाई संस्थागत गर्दै प्रतिष्ठानले हरेक वर्ष नगद ५१ हजारको पुरस्कार राशी सहित एक जना सहित्यकार ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ प्रदान गरिदैँ आएको छ ।

यस वर्षको पुरस्कार वितरण समारोह मन्थली नगरपालिकाको समन्वयमा आगामी माघ ३ गते आयोजना गरिने प्रतिष्ठानका सहित्यिक कार्यक्रम आयोजक उपसमितिका संयोजक डाक्टर सुमन कर्मचायले जानकारी दिनुभयो। “स्वर्गीय घिमिरेले मन्थलीबाट सुरु गर्नुभएको साहित्यिक परम्परालाई जीवन्त राख्न हामीले पुरस्कार वितरणसँगै नयाँ पुस्तालाई जोड्ने प्रयास गरेका छौँ,“ कर्मचार्यले बताउनु भयो ।

प्रतिष्ठानले मन्थली नगरपालिका वडा नं। १ भित्रका माध्यमिक विद्यालयहरूबीच वक्तृत्वकला प्रतियोगिताको पनि आयोजना गरेको छ । यसैगरी, कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका स्रष्टाहरूको सहभागितामा साहित्यिक गोष्ठी समेत हुनेछ।


घिमिरेले क्यान्सरसँगको लडाइँ र आफ्नो जीवनको भोगाइ समेटिएको अन्तर्मनको यात्राले वि.सं. २०६४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। साहित्य बाहेक घिमिरेले समाजसेवामा पनि उत्तिकै ठुलो योगदान दिनुभएको छ। उहाँले रामेछाप जिल्लामा तामाकोसी सेवा समिति मार्फत ग्रामीण विकास, स्वास्थ्य र शिक्षाका क्षेत्रमा उल्लेख्य काम गर्नुभयो।