Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेसले निष्कासित तीन नेताको नाम वेबसाइटबाट हटायो


845
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकले पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका तीन नेताको नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ।

वेबसाइटबाट हटाइनेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर छन्।

उता, निष्कासित नेताहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेका छन्। यी घटनाक्रमसँगै नेपाली कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको देखिएको छ।