Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


कांग्रेसले निष्काशन गरेका महामन्त्रीद्वय थापा र शर्मासहित ३ जनाको नाम वेबसाइटबाट हटायो


1.2k
Shares

काठमाडौ‌ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले ५ वर्ष साधारण सदस्य समेत नरहने गरी हटाएका ३ जना पदाधिकारीको नाम वेबसाइटबाट हटाएको छ ।

कांग्रेस वेबसाइटबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम हटाइएको हो ।भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी उनीहरूले थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेका छन् । थापा नेतृत्वको समितिमा शर्मा उपसभापति र मन्सुर सहमहामन्त्री नै चुनिएका छन् ।

याेसँगै कांग्रेस २ भागमा विभाजन भएकाे हाे ।