Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


भारतमा कोइला खानी भत्किंदा ३ जनाको मृत्यु


143
Shares

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बंगालमा खुला कोइला खानी ९ओपन–कास्ट कोल माइन० भत्किंदा ३ जनाको मृत्यु भएको छ ।

अन्य केही घाइते भएकाे हुन् । स्थानीय सरकारी अधिकारीले उक्त घटनाको पुष्टि गरेका छन् । प्राप्त जानकारी अनुसार साेही दुर्घटना पश्चिम बंगालको आसनसोल शहर नजिकै भएको हो । खानीबाट मृतकहरूको शव निकालिएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएकाे छ ।

अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त र स्थिर रहेको छ ।