Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


तुलसीपुर प्रहरी हिरासतमा थुनुवाको मृत्यु


429
Shares

काठमाडाैं ।

दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान करिब ९ बजे हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४, बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो।

चौधरी गत मङ्सिर २८ गते तुलसीपुर बसपार्कबाट ५ दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए। उनीविरुद्ध लागू औषधसम्बन्धी मुद्दा चलिरहेको थियो।

बुधबार बिहान एक्कासी बेहोस भएपछि चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।