Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


निर्वाचनको मुखमा नेपाली कांग्रेस विभाजित (भिडियाे रिपाेर्ट)


1.1k
Shares

काठमाडाैं ।

सरकारले आगामी फागुन २१ का लागि तोकेको निर्वाचनका लागि मनोनयन दर्ता गर्न एक साता पनि बाँकी छैन । मनोनयनको मिति नजिकिँदै जाँदा उम्मेदवारको टुङ्गो लगाउनुपर्ने राजनीतिक दलहरु भने आपसी विवादमा फसेका छन् ।

झण्डै ७५ वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेस निर्वाचनको मुखमा फुटेको छ । सबैभन्दा पूरानो तथा विघटित प्रतिनिधिसभाको पहिलो दल कांग्रेसको विभाजनले निर्धारित समयमा निर्वाचन हुने नहुने अन्यौलता बढाएको छ । एक रिर्पोट
७५ वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेस भदौ २३ र २४ गतेको जेन्जि आन्दोलन पछिको परिस्थितिलाई आत्मसाथ गर्न नसक्दा विभाजनमा गएको छ ।

नियमित महाधिवेशन गर्न नसकेपछि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मासहितको नेतृत्वमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विषेश महाधिवेशनलाई सभापति शेरबहादुर देउवा पक्षले अस्विकार गरेपछि नेपाली कांग्रेस तेस्रो पटक फुटेको हो । जेन्जि आन्दोलनपछि महामन्त्रीहरु थापा र शर्मा सहितले नेतृत्व परिर्वतन सहित निर्वाचन जानुपर्ने भन्दै नियमित महाधिवेशनको माग राखेपनि त्यसलाई शेरबहादुर देउवा पक्षीय नेताहरुले अस्विकार गरे ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विषेश महाधिवेशनलाई केन्द्रीय समितिले टार्न खोज्दा महामन्त्रीहरुले नेतृत्व दिए । कांग्रेस महामन्त्रीद्धयको आह्वानमा पुस २७ गते भृकुटीमण्डपमा उत्हासका साथ विषेश महाधिवेशन उद्घाटन भएको थियो । सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले स्वीकार नगरेको विशेष महाधिवेशनबाट पार्टी फुट जोगाउँन बुधबारसम्म विभिन्न प्रयास पनि भए ।

तर, दुई दिनसम्मका प्रयास निरर्थक भएपछि पार्टी केन्द्रिय कार्यालयमा बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमितिको वैठकले दुई महामन्त्रीसहितका नेताहरुलाई कारवाहीको निर्णय गर्यो । कार्यवहाक सभापति पूर्णबहादुर खडकाको नेतृत्वमा बसेको वैठकले दुई महामन्त्री र सहमहामन्त्री फर्मुला मन्सुरसहितका नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्यो ।