काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले जुम्लाजस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान स्थापना हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भएपनि आवश्यक संरचना नहुनु बिडम्वनापूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले बजेट स्थानान्तरण गरेर स्रोत जुटाउन समेत सरकारलाई समस्या हुने गरेको बताउनु भयो । उहाँले नियमित काम गर्न खोज्दा विभिन्न अवरोधको सामना गर्नुपर्ने तथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको डरले समेत काम गर्न कठिनाइ हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्दाखेरी त्यहाँका स्थानीयलई केही न केही सुविधा त पुगेकै छ । सानो सानो उपचार गर्नको लागि पनि बाहिर जानुपथ्र्यो ।
अहिले त्यसको समाधान भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास भइसकेपछि एउटै संस्थाले पनि त्यो क्षेत्रको विकासका लागि धेरै नै महत्व राख्छ । जुन योजना तयाइहरुले देखाउनुभएको छ । त्यसरी नै हो भने धेरै राम्रो देखियो तर दुभाग्र्यको कुरा के छ भने तपाईहरुले जुन यसको विकासको निम्ति सानो सानो कुरा मागिरहनुभएको छ त्यहाँ होस्टेल छैन, स्टाफ र डाक्टरहरुका लागि समेत आवासको सुविधा छैन भन्नुभयो ।
हामीले यति सानो कुरा पनि हामीले पुरा गर्न सकिरहेका छैनौँ । फेरि यताको उता गर्न पनि नुहने रहेछ । नियमित काम गर्दैछु भन्दापनि अनेकौ बात लाग्छन् नि । कहिलेकाँही त अख्तियार पनि आइलाग्छ ।’ उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गरी नागरिकको सेवामा लागिरहन समेत प्रतिष्ठान प्रशासनलाई निर्देशन दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्