Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा


676
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रिय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

बुधवार भृकुटिमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गर्नुभयो । उहाँले पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने दाबी समेत गर्नुभयो । उहाँले आफूले पार्टीको कुनै पदाधिकारीमा पनि उम्मेदवारी नदिएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ॅकेन्द्रिय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ । एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो ।

महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।’ उहाँले देशभरका पार्टी कार्यकर्ताअनुसार बन्दसत्रबाट कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उल्लेख गर्नुभयो ।