Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा


819
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रको नयाँ उम्मेद्वार तोकेर जाने मात्रै आफूहरुको माग रहेको बताउनुभएको छ ।

बुधवार नेपाली काँग्रेसको विशेष महाधिवेशमा सम्वोधन गर्दै उहाँले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताउनु भयो । उहाँले विशेष महाधिवेशनपछि काँग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरुको मागलाई वेवस्ता गरिएको बताउनुभयो ।

उहाँले सभापति शेरबहादुर देउवा बाहेक अरु जसलाई प्रधानमन्त्रीको उम्मेद्वार तोक्दा पनि आफूहरुलाई मान्य हुने बताउनु भयो । उहाँल आफूहरु अरु सबै विकल्पमा खुला भएको भएपनि विभिन्न किसिमका हल्ला फैलाईएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेद्वार गगन थापालाई भनेको होइन, जसलाई बनाउने हो बनाउँनुस्, तर नेपाली काँग्रेसले अब चुनावमा जाँदैगर्दा यति त भनेर जाउँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार श्री शेरबहादुर देउवा होइन भनेर त जाँउ ।

अरु जसलाई बनाएपनि हुन्छ । त्यो अपमान गरेर भनेको होइन । हाम्रो दाई हो, नेता हो अपमान गरेर भनेको होइन । अहिले पनि होईन, मनमा केही द्वेश राखेर भनेको होइन । तर देश र जनताको अगाडी आज भन्नुपर्ने बाध्यता छ । यसकारणले गर्दा कहिले सिग्नेचरको कुरा आएको छ, कहिले के को कुरा आएको छ । यी केही पनि होइन । केवल यति मात्रै कुरा हो की हामी अब विशेष महाधिवेशन पछाडी हामी नेपाली कांग्रेस बदलिएर आयो भन्न पाउने कि नपाउने ? प्रधानमन्त्री कसलाई बनाउन छ, बनाउनुस्, यही विशेष महाधिवेशनको हलबाट अन्तरिम सभापति कसरलाई बनाउनुहुन्छ बनाउनुस् ।

हामी सबै विकल्पको लागि खुला । अझ हामीले आज त के भन्यौँ भने सामुहिक नेतृत्व छान्नुपर्छ भने त्यो पनि छानौँ ।’ उहाँले सहमतिको नाममा आफूहरुलाई अल्मल्याउने काम मात्रै भएको बताउनु भयो । विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्न लगाएर सहमतिको नाममा समय बिताउने मात्रै काम गरिएको उहाँको गुनासो छ ।