Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


देउवाको पत्र निर्वाचन आयोगमा पुग्यो, विशेष महाधिवेशन पक्षधरको आपत्ति


11.8k
Shares

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा पुगेको छ ।

आयोग स्रोतका अनुसार उक्त पत्र औपचारिक रूपमा दर्ता भइसकेको भए पनि पत्रमा के विषय उल्लेख छ भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

यसैबीच विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले केहीबेरअघि सम्बोधन गर्दै आफूहरूलाई अलमल्याउने उद्देश्यसहित निर्वाचन आयोगमा पत्र पठाइएको आरोप लगाएका छन् ।

उनले निर्वाचन आयोगले भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको भेलालाई चिन्ने विश्वास व्यक्त गर्दै यस्तो कदमबाट आन्दोलन प्रभावित नहुने बताएका छन् ।

कांग्रेसभित्र चर्किएको विवादका बीच आयोगमा पुगेको देउवाको पत्रले थप राजनीतिक तरंग सिर्जना गरेको छ ।