Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


कारबाहीपछि गगनले भने – तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई ?


2.4k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू लगायतका नेताहरूलाई पार्टीले गरेको कारबाहीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई कारबाही गरेको समाचार सार्वजनिक भएपछि थापाले विशेष महाधिवेशनस्थलबाट सम्बोधन गर्दै तीव्र प्रतिक्रिया जनाएका हुन् ।

उनले भने, ‘मैले समाचार सुनेँ—नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो रे । नेपाली कांग्रेस तिनको प्राइभेट कम्पनी हो, निकाल्नलाई ?’

थापाले पार्टी विधान, लोकतान्त्रिक अभ्यास र सदस्यहरूको अधिकारमाथि प्रश्न उठाउँदै यस्तो निर्णय अस्वीकार्य भएको बताए । उनले कांग्रेस कसैको निजी स्वार्थअनुसार चल्ने संस्था नभई लाखौँ कार्यकर्ताको साझा पार्टी भएको जिकिर गरे ।