Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


देउवा पक्षद्वारा गगन–विश्वमाथि कारबाही, पूर्णबहादुर खड्का भावविह्वल


9.6k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई निरन्तरता दिइरहेका बेला पार्टीभित्रको विवाद थप चर्किएको छ । यसअघि पटक–पटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा देउवा पक्षले उनीहरूमाथि कारबाही गर्ने निर्णय गरेको बुझिएको छ ।

कारबाहीको निर्णय सुनाउने क्रममा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल बनेका थिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, गगन र विश्वप्रकाशलाई कारबाही गर्ने निर्णय सार्वजनिक गर्दा खड्काको आवाज भरिएको थियो ।

‘यतिधेरै प्रयास गर्दा पनि नमानेपछि यो पूर्वनिर्धारित योजनाजस्तो देखियो, पार्टीलाई सकिनबाट बचाउन सकिनँ,’ खड्काले बैठकमा भावुक हुँदै भनेका थिए । उनले सबै प्रयास र पहलका बाबजुद पनि सहकर्मी नेताहरूलाई मनाउन नसकेको पीडा व्यक्त गरेको ती केन्द्रीय सदस्यले बताएका छन् ।