Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेस सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्माबीच भएको वार्ता निष्कर्षविहीन

सभापति देउवासँगको वार्ताले निकास निकाल्न नसकिंने महामन्त्रीद्वयको निष्कर्ष

2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको वार्ता निष्कर्ष विहीन भएको छ ।

सभापति देउवाले राजीनामा दिएर पार्टीको सक्रिय भूमिकाबाट अलग हुन अस्वीकार गरेपछि बुधबार बिहानदेखि शुरू भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो। देउवा निवास महाराजगन्जमा बुधबार बिहान सभापति देउवा र दुई महामन्त्रीबीच छलफल शुरू भएको थियो। वार्तामा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी थिए।

दुई महामन्त्रीले देउवाको राजीनामा नै आफूहरूको ‘बटमलाइन; भएको बताएका थिए। देउवा लगायत संस्थापन पक्षले भने यो माग स्वीकार गर्न नमानेको वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन्। छलफल करिब एक घण्टा भएको थियो। कुनै सहमतिमा नपुगेपछि दुवै महामन्त्री सभापति देउवा निवास महाराजगन्जबाट निस्केर विशेष महाधिवेशन स्थलतर्फ लागिसकेका छन्।

सभापति देउवासँगको वार्ताले निकास निकाल्न नसकेकाले अब निर्वाचन प्रक्रिया अघि बढाउने विशेष महाधिवेशन पक्षका एक नेताले बताएका हुन्।