Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

सुन प्रतितोला कतिमा हुँदैछ कारोबार ?

0
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार बढिरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको जनाएको हो । यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला २ लाख ७६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। महासंघले बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रूपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो मूल्य अघिल्लो रेकर्ड भन्दा प्रतितोला १ हजार ५ सय रूपैयाँ बढी हो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार तोलामा ५ हजार ३ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ४५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।