एजेन्सी । इरानमा सरकारविरोधी प्रदर्शन क्रममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
मानव अधिकारवादी संस्थाहरूका अनुसार पछिल्लो १७ दिनमा १ हजार ८ सय ५० जना प्रदर्शनकारीहरुको मृत्यु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सहायता आउँदै छ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभएको छ। प्रदर्शन इरानभरी १ सय ८० भन्दा बढी शहरमा फैलिएको हो। महँगी र मुद्रा अवमूल्यनबाट शुरु भएको आन्दोलन राजनीतिक परिवर्तनको मागमा परिणत भएको छ ।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले इरानी सरकारलाई हिंसा रोक्न र इन्टरनेट सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन् । १६ हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्