Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


533
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने भएको छ ।

मंगलबार दिनभरी बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित भएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभरी वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी रहेकोले उनीहरू बैठकमा उपस्थित नहुने बताउँदै आएका छन् ।