काठमडाैं ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुन:स्थापनाको सम्भावना रहेको बताउनुभएको छ ।
संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला उहाँले अदालतबाट पुन:स्थापना हुने सम्भावना रहेको बताउनु भएको हो ।
मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तत्र्रिmया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्याउने काम गरिएको पनि दोहोर्याउनु भयो । उहाँले संविधान र कानूनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढीरहेको दाबी समेत गर्नुभयो ।
सभामुख घिमिरेले भन्नुभयो,‘भदौ २७ गते राति करिव ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ ।
तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो । भोली संसद पुनस्थापनाको पनि सम्भावना छ । जुन कुरा मैले अघि पनि प्रश्तुत गरिसकेको छु । अव भोली के हुने भन्ने बारेमा भोलीकोप परिस्थितिले तय गर्छ ।
खासगरी म सभामुख हुन्जेल मैले त्यही भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा म विचार र व्यवहारमा स्पष्ट भएर तपाईहरुको अगाडि कुरा राख्न चाहन्छु ।’घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्नेकुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पार्नुभयो ।





प्रतिक्रिया दिनुहोस्