Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


इटाली भ्रमणमा जाँदै कृषिमन्त्री परियार


117
Shares

काठमाडौं ।
सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ ।
पुस २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँकाअनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

२०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनु भयो ।