Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कांग्रेस विवाद समाधानका लागि पूर्णबहादुरसहितका शीर्ष नेताहरू छुट्टै छलफलमा


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टै छलफलमा जुटेका छन्।

मंगलबार भएको छलफलमा उपसभापति धनराज गुरुङ, नेता शेखर कोइराला, विमलेन्द्र निधिलगायत सहभागी छन्।

यता केन्द्रीय सदस्यहरू भने केन्द्रीय समिति बैठकका लागि बाहिर बसेका छन्। नेताहरूका अनुसार बालुवाटारमा जारी दुई पक्षीय वार्ता सकिएपछि मात्र केन्द्रीय समिति बैठक सुरु गर्ने तयारी छ।

नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि बालुवाटारमा महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबीच दोस्रो चरणको वार्ता जारी छ। सहमति भए अनुमोदन गर्ने र सहमति नजुटे कारबाही प्रक्रिया अगाडि बढाउने तयारी रहेको नेताहरूले बताएका छन्।