Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


नेकपाकाे संयोजक प्रचण्ड र सह-संयोजक नेपालले लिए शपथ


312
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले शपथ लिनुभएको छ ।

नेकपा पार्टीका जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उहाँहरूले शपथ लिनुभएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैहुनुहुन्छ ।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गर्नुभएकाे छ।

अब प्रचण्ड र माधव नेपालले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनु हुनेछ । २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी छ ।