Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच आज वार्ता हुँदै


0
Shares

काठमाडौं । भृकुटीमण्डपमा विशेष दोस्रो महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थाापन पक्षसँग वार्ता गर्न बनाएका छन् ।

सोही वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको हो। वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल रहेका छन्। खाण र लेखक सभापति देउवाको तर्फबाट र डाक्टर रिजाल र परियार नेता कोइरालाको तर्फबाट सदस्य हुन् । विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ ४ सदस्य वार्ता समिति बनाएको थियो।

केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गर्ने कार्यको नेतृत्व गरेका नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् । दुई वार्ता समितिबीच अहिले केहीबेरमा वार्ता हुने नेताहरूले बताएका हुन्।

विवादकैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि मंगलबार बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक भएको हो ।