काठमाडौंं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुने सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल रहनुभएको छ । बैठकले डिएसपीहरू धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामतीलाई बढुवा सिफारिस गरेको हो।
प्रहरी प्रधान कार्यालयले हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारतीलाई भने एसपीमा बढुवा गर्न सिफारिस गरेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्