काठमाडौं ।
साताको पहिलो कारोबार दिन शेयर बजार सामान्य अंकले घटेको छ ।
दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से परिसूचक ५.५४ अंक घटेर २६३५ मा झरेको छ । बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेका छन् भने अरु नौ वटा उपसमूहको परिसूचक घटेका छन् । एक सय ७८ वटा कम्पनीको शेयर मूल्य घट्दा ७५ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ भने सात वटा स्टकको मूल्य स्थीर रहेको छ ।
आज पनि आइपीओ सूचिकृत भएका एसवाइ प्यालन र श्रीनगर एग्रीटेक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सुपरमादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ४ दशमलव २५ प्रतिशत गुमाएका छन् ।
दिनभरमा ३३३ वटा स्टकको एक करोड २३ लाख ९ हजार कित्ता शेयर ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ भन्दा बढीमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा एसवाई प्यानलको सर्वाधिक ४२ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।





प्रतिक्रिया दिनुहोस्