Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफू भएकाे अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा


650
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैंलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिकाे घोषणा गर्नुभएकाे छ ।

उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मार्फत भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफू भएको दावी गर्नुभएकाे हाे । भेनेजुएलाका राष्ट्रपति निकोलस मादूरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरेपछि तीव्र अन्तर्राष्ट्रिय विवादकोबीचमा ट्रम्पले यो दावी गर्नुभएकाे छ । उहाँले ट्रुथ सोसलमा प्रकाशित गरेको पोस्ट विकिपिडियाको आधिकारिक पृष्ठमा समेत प्रकाशित गर्नुभएकाे हाे । जहाँ उहाँको आधिकारिक तस्बिर प्रयोग गरिएको छ। भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ का रूपमा ट्रम्पलाई उल्लेख गरिएको छ ।

यसबाहेक उहाँले मार्को रुबियो क्युबाको राष्ट्रपति हुने विचारलाई पनि मजाक बनाउनुभएकाे हाे । मादूरोको कब्जापछि प्रशासनिक निरन्तरता कायम राख्न र भेनेजुएलाको सर्वोच्च न्यायाधिकरणले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको भूमिका ग्रहण गर्न आदेश दिएको थियो । मादूरोको कब्जापछि राष्ट्रपति ट्रम्पले एक पत्रकार सम्मेलनमा संक्रमणकालभरि संयुक्त राज्य अमेरिकाले भेनेजुएला चलाउने बताउनुभएकाे छ ।

उहाँले आइतबार जनवरी ४ तारिखमा संयुक्त राज्य अमेरिकाको मातहत भेनेजुएला भएको बताउनुभयाे ।