Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


सिमलताल बस दुर्घटना : डेढ वर्षपछि किनारमा बसको अवशेष फेला


0
Shares

चितवन ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई यात्रुबाहक बसमध्ये एउटाको अवशेष १८ महिनापछि फेला परेको छ ।

नदीमा खसेको लामो समयपछि बसको अगाडिको भाग, चक्काको डिस्क तथा केही टिनका भागहरू त्रिशूली नदी किनारमा बालुवामा गाडिएको अवस्थामा भेटिएको हो । स्थानीय बासिन्दाले माछा मार्ने क्रममा अवशेष देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

सूचनापछि घटनास्थल पुगेको प्रहरीले बसका अवशेष खोतल्ने कार्य सुरु गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ । फेला परेका भागहरू दुर्घटनाग्रस्त बसकै भएको पुष्टि गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

उक्त दुर्घटनामा ६५ जना यात्रु सवार थिए । दुर्घटनापछि ३ जनाको जीवित उद्धार गरिएको थियो भने ११ जनाको शव फेला परेको थियो । बाँकी ५१ जना यात्रु भने अझै बेपत्ता छन् ।

दुर्घटनापछि लामो समयसम्म खोजी कार्य सञ्चालन भए पनि बस र अधिकांश यात्रुको अवस्था अज्ञात रहँदै आएको थियो । १८ महिनापछि बसको अवशेष भेटिनुलाई दुर्घटनाबारे थप तथ्य पत्ता लगाउने महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।