काठमाडौं ।
नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कृपाबाट अलग राख्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु गुट नचिन्ने र कृपा नमान्ने जिकिर गर्नुभयो । उहाँले पार्टीलाई थप कमजोर हुन नदिनको लागि विशेष महाधिवेशन आह्वान गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, हामी चाहन्छौँ अब नेपाली काँग्रेस गुटबाट मुक्त हुनुपर्छ । नेपाली काँग्रेसको यो कुरु क्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ । नेपाली काँग्रेस अब कृपाबाट अलग हुनुपर्छ । हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ । हामी काँग्रेसलाई कमजोर हुन दिन चाहन्नौँ ।’
उहाँले युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना हुने तथा महिलालाई सबै प्रकारको हिंसाबाट मुक्त गर्ने सन्देश महाधिवेशनले दिनुपर्नेमा जोड दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्