Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउनेछः संयोजक दाहाल


208
Shares

काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने बताउनुभएको छ ।

जेन–जी रेडफोर्सले आयोजना गरेको आईतबार आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उहाँले युवाहरुलाई प्राथमिकतामा राखेर उम्मेद्वार बनाउने बताउनुभएको हो ।

उहाँले समानुपातिकको बन्दसूचीमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरुलाई उम्मेद्वार बनाउने जानकारी दिनुभयो । पार्टीको केन्द्रिय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउने तयारी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा । समानुपातिक लिष्ट तयार पार्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जो जेन–जी पुस्ताका युवाको रुपमा चिनिन्छन् । उनीहरुलाई उच्च प्राथमिकता दिने हामीले कोशिस गरेका छौँ । हामीले जेन–जी पुस्ताको मुस्कान खातुनलाई अगाडी सारेर हजारौँ लाखौँ युवाहरुलाई सम्बोधन गर्न खोजेका छौँ । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढि भन्दा बढी युवाहरुलाई र केन्द्रिय समितिमा पनि बढि भन्दा बढी युवाहरुलाई हामी समेट्दै छौँ ।’

संयोजक दाहालेले जेन–जी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताउनु भयो । उहाँले भ्रातृसंस्थाहरुले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिनुभयो । उहाँले अब माओवादी नभई नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।