Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


सुनचाँदीको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा


1.9k
Shares


काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढिरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत पुस १३ गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही दिन सुनप्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार पनि सुनप्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँ पुगेको जनाएकाे छ। त्यस्तै, शुक्रबार सुनप्रतितोला २ लाख ६७ हजार ८ सय रूपैयाँमा काराेबार भएको थियो। साेही मूल्य गत शुक्रबारको तुलनामा प्रतितोला २ हजार ८ सय रूफैयाँ बढी हो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार तोलामा ४ हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको हाे। साेही मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय १० रूपैयाँ बढेको भएकाे महास‌घले जनाएकाे छ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ५ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको हाे।