Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


अमेरिकी सेनाकाे सिरियामा हवाई आक्रमण


2k
Shares

एजेन्सी । अमेरिकी केन्द्रीय कमाण्डले अमेरिकी सेनाले सिरियाभरी रहेका इस्लामिक स्टेट (आईएस) का विभिन्न स्थानहरूमा व्यापक रुपमा आक्रमण गरेको छ ।

कमाण्डले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार शनिबार अमेरिकी र साझेदार सेनाहरूले यी स्ट्राइकहरू सम्पन्न गरेका हुन् । साेही कारबाही अपरेशन हकआई स्ट्राइकको एक हिस्सा हो । गत डिसेम्बरमा घोषणा गरिएको थियो । यो सैन्य कदम डिसेम्बर १३ तारिखमा सिरियाको पाल्मिरामा अमेरिकी र सिरियाली सेनामाथि भएको घातक आईएस आक्रमणको जवाफमा चालिएको हो ।

उक्त एम्बुसमा दुई अमेरिकी सैनिक र एक नागरिक दोभासेको ज्यान गएको थियो ।