Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


रास्वपाले समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझायो


2.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनको लागि आफ्ना समानुपातिक उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाएको छ ।

रास्वपाले केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको र उज्यालो नेपाल पार्टीसँगको एकता टरेपछि अद्यावधिक सूची आयोगमा बुझाएको हो । उज्यालो नेपाल पार्टीसँग शनिबार मात्रै एकता ताेडिएपछि रास्वपाले आइतबार समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाएकाे छ।