Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


देशका अधिकांश भू-भागमा आज पश्चिमी वायूको प्रभाव


390
Shares

काठमाडौंं । मौसम पूर्वानुमान महाशाखाले हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको हो । शनिबार बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ । बाँकी तराई भू-भागका केही स्थानमा हुस्सु लागेको हो ।

त्यस्तै, शनिबार दिउँसो भनेतराई भू-भागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने भएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने भएको हो । साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी शनिबार राति भने तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने भएको हो । देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। सूर्योदय शनिबार बिहान ६ बजेर ५६ मिनेटमा भएको हो । सूर्यास्त भने शनिबार साँझ ५ बजेर २६ मिनेटमा हुने भएको छ।