Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गर्दै


104
Shares

काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आइतबार उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकशन गरिने भएको हो। यहि पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी समय तोकिएको छ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुने भएको हो।

आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुने आयोगले जनाएको हो ।